दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब १३ करोडको कारोबार

काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक १०.८७ अंकले बढेर २,६३३ को विन्दुमा कायम भएको छ । आज १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको मूल्य घटेको छ ।

आज ५ अर्ब १३ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ग्रिन भेञ्चरको सेयर कारोबार भएको छ । यस कम्पनीको १७ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बन्दीपुर केलकारको १५ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एसवाई प्यानल र न्यादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *