नवलपरासी १ बाट विनोद चौधरीको नाम एकल सिफारिस

काठमाडौं। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले नवलपरासी १ बाट विनोद चौधरीको नाम एकल सिफारिस भएको छ।

कांग्रेस केन्द्रको परिपत्रअनुसार क्षेत्रीय कार्य समिति, जिल्ला हुँदै लुम्बिनी प्रदेश कार्य समितिले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा कांग्रेसबाट चौधरीको मात्रै नाम सिफारिस भएको हो।

‘नेपाली कांग्रेस जिल्ला क्षेत्र नं। १ को कार्यसमितिबाट आएको सिफारिसमा नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिबाट कारवाहीमा परेका विक्रम खनालको बारेमा उल्लेख गरिएको हुँदा सिफारिस गर्न नमिल्ने अवस्थामा जिल्ला कार्यसमितिबाट सिफारिस भई आएकोमा उक्त व्यक्ति कारवाहीमा परेको हुँदा सिफारिस नगरिएको व्यहोरो अनुरोध गर्दछु,’ लुम्बिनी प्रदेश कार्य समितिको निर्णयमा भनिएको छ।

नवलपरासी १ बाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चौधरी कांग्रेसबाट निर्वाचित भएका थिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *