सुनको मूल्य प्रतितोला हजार रुपैयाँले बढ्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् बुधबार सुन प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रतितोला तीन हजार ८०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला तीन हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *