प्रि ओपन सेसनमा करिब १ अंक घट्यो नेप्से

काठमाडाैं। साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक घटेर बन्द भएको छ।

यस दिन सो सेसनमा ०.९२ अंक घटेर २६०८.१० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०५ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५९ स्टकको ९० पटकको कारोबारमा १ करोड ४३ लाख १ हजार ६२५ रुपैयाँ १० पैसाबराबरको ३४ हजार ६४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने ३७ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *