काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही मंसिर २० गते जनकपुरमा एकता सन्देशसभा आयोजना गर्ने भएको छ । त्यसको लागि सम्पूर्ण तयारीपूरा भएको नेकपाका नेता महिन्द्र राय यादवले जानकारी दिए ।
कार्यक्रम जनकपुरको तिरहुतियामा हुने र उक्त सभामा संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने तय भएको छ।
नेकपाको सन्देशसभा सोमबार विराटनगरमा गरिएको थियो । जनकपुरमा हुने सभामा ४० हजारभन्दा बढि नेता तथा कार्यकर्ता उतार्ने यादवको दावी छ ।







