एनपिएलमा आज : विराटनगर र चितवन भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणअन्तर्गत आज विराटनगर किङ्स र चितवन राइनोजबिच खेल हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे दुवै टोली भिड्दै छन्।सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले अहिलेसम्म खेलेका सबै तीन खेल जितेर तालिकाको दोस्रो स्थानमा छ। उता कुशल मल्लको कप्तानी रहेको चितवनले दुई खेलमध्ये एक जित्न सफल भएको छ। दुई अंकसहित चितवन चौथो स्थानमा छ।

आज विराटनगर अपराजित लय कायम राख्ने दाउमा छ भने चितवन जित निकालेर माथि उक्लन चाहन्छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *