उमेर घटाएर ४ जनाको राहदानी बनाइदिने ६ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । घुस लिएर चारजनाको उमेर घटाएर राहदानी बनाइदिएको आरोपमा ६ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय झापा र इलाका प्रशासन कार्यालय गौरीगन्जका कर्मचारीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुद्दा दायर गरिएका कर्मचारीमा जिल्ला प्रशासनका तत्कालीन प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल र केशवप्रसाद रिजाल, इलाका प्रशासन कार्यालयका तत्कालीन प्रमुख चूडामणि आँपगाईंसहित नासु रविनकुमार राजवंशी, कम्प्युटर अपरेटर आकाश मगर र कार्यालय सहयोगी जीवनकुमार दाहाल रहेका छन्।

उनीहरूले विनोद कुँवर, सीमान्त विश्वकर्मा, गोविनप्रसाद ढुंगेल र बलराम महतोको उमेर घटाएर राहदानी बनाइदिएका थिए। राहदानीको अनलाइन प्रणालीमा जन्ममिति सच्याएर उनीहरूले आर्थिक चलखेल गरेको र पैसा नदिए राहदानी ब्लक गरिने धम्कीसमेत दिएको अनुसन्धानमा खुलेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *