एसियन लाइफकाे नाफा १५ करोड,  अन्य सूचक कस्ता ?

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १५ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको असोजसम्म कम्पनीले १३ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा १४.७० प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा २९ करोड ४९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९४ करोड १४ लाख रुपैयाँ र अन्य इक्विटीमा १० करोड ७८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा २७ करोड ९६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८० करोड ५६ लाख रुपैयाँ र अन्य इक्विटीमा १० करोड ६४ लाख रुपैयाँ थियो।

चालु वर्षको असोजसम्म कम्पनीको जीवन बीमा कोषमा ४८ अर्ब ४८ करोड ५२ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो यही अवधिसम्म कम्पनीले २ अर्ब ३ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीले चालु वर्षको असोजसम्म २ अर्ब २८ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब १ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

शेयरपुँजी ४ अर्ब ८२ करोड ७७ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १२.६४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ११.०२ रुपैयाँ थियो। पीई रेसियो ३५.४५ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३०.१२ रुपैयाँ रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *