काठमाडाैं। सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई आकर्षक दरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको २३७ औँ बैठकले आव २०८१/८२ का लागि लाभांश प्रस्ताव पारित गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।
आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।
Artha Sanjal






