नेपाल बैंकको ८९ बर्षे अनवरत यात्रा: बैंकिङ्ग कारोबारकाे सुरुवातदेखि डिजिटल प्रविधिसम्म

काठमाडौँ। मुलुककै जेठो बैंक नेपाल बैंक लिमिटेडले आफ्नोे ८८ औं वर्षको कार्यकाल सफलातापूर्वक पुरा गरी ८९ औं वर्षमा प्रवेश गरेको छ । नेपालको पहिलो बैंकलाई आधुनिक, सफल र नेतृत्वदायि बैंकको रुपमा यस अवस्थासम्म पुर्याउन साथ, सहयोग, समन्वय गर्ने सम्पूर्ण महानुभावहरुमा बैंकले हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

नेपाल बैंकको  ८९ बर्षे ईतिहास

नेपालमा बैकिङ्ग प्रणालीको शुरुवात र विकासको हिसावले यो बैंक आजको बैकिङ्ग क्षेत्रमा आएको क्रान्तिको जग हो । भारतीय रुपैयाँको दबदवा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले खेलेको भूमिका इतिहासका स्वर्णीम पानाहरुमा सदा लेखिइ रहने छ ।

वि.सं. १९९४ साल कार्तिक ३० गते स्थापना भएको यस बैंकको उद्घाटन तत्कालिन राजा त्रिभुवन विर विक्रम शाहले गरेका हुन् । शताब्दीको हाराहारी अनुभव बटुलेको यस ऐतिहासिक बैकिङ्ग धरोहरले नेपाली मुद्रा र नेपाली नोट प्रचलनमा सहजता ल्याई राष्ट्रिय पहिचान र राष्ट्रिय एकताको प्रबद्र्धन गर्दै राष्ट्र निर्माणमा पु¥याएको योगदान विशेष रहेको छ । नेपाल बैंकले आफनो स्थापना कालदेखि राष्ट्र बैंक स्थापना हुनुपूर्व वि.सं २०१२ सम्म देशको केन्द्रिय बैंकको रुपमा समेत कार्य गरी नेपालको बैंकिङ्ग क्षेत्रको अभिभावकीय भूमिका निर्वाह गरिसकेको छ । सो पश्चात बाणिज्य बैंकको रुपमा देशको विभिन्न कालखण्डमा विषम परिस्थितिका बावजुद ग्राहक वर्गको असिम विश्वास र भरोसालाई अक्षुण राख्दै अगाडि बढेको छ ।

बैंकिङ इतिहासमा- क’ख’रा सिकाएको बैंक

सुरुवाती दिनमा लेजर बुक, धातुको टोकन माध्यमबाट निक्षेप बुझी भुक्तानी दिने, कारोबारको पासबुक रेकर्ड राखी ग्राहकलाई दिने, रुपैया, पैसा घडामा हैन बैंकमा राख्नुपर्छ, ऋण साहुसँग नभई बैंकबाट लिनुपर्छ भनि ग्राहकहरुलाई बैंकिङ्गको कखरा सिकाएको नेपाल बैंकले हाल डिजिटल बैंकिङमा रुपान्तरण भएको छ ।

बजारमा उपलब्ध अत्याधुनिक प्रविधि तथा उपकरणहरूद्वारा सञ्चालित सेवाहरु जसमा भिषासहित एटिएम, डेबिड कार्ड, क्रेडिट कार्ड एनिब्रान्च बैंकिङ्ग, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, विल भुक्तानी सेवा, सार्वजनिक सवारीमा ई-टिकेटिङ सेवा लगायतका स्मार्ट बैकिङ्ग सेवाहरु समेत उपलब्ध गराइरहेको छ ।

समय अनुरुप परिमार्जन

 

बढ्दो प्रतिष्पर्धात्मक बैकिङ्ग व्यवसायमा यस बैंकले एक उत्कृष्ट बैंकको स्थान कायम राख्ने दिर्घकालीन रणनीतिका साथ अगाडि बढिरहेको छ । विगत लामो समयदेखि यस बैंकले उच्च नाफा आर्जन गरी शेयरधनीहरुलाई आकर्षक प्रतिफल दिंदै आएको छ ।

प्रविधिले ठुलो फड्को मारेको हालको विश्व वित्तीय बजारमा समयानुकुल नेपाल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय असल अभ्यास सहितको प्रविधिमैत्री बैकिङ्गलाई आत्मसात गरी जनतालाई अझ सरल तथा सहज वित्तीय सेवा प्रदान गर्दै व्यापार, उद्योग व्यवसायको प्रवद्र्धन मार्फत समग्र आर्थिक विकास तथा रोजगारी सिर्जनामा अझ शसक्त भूमिका खेलेको छ ।

नेपालमा बैंकिङ्ग साक्षरताको माध्यमबाट देशको कुनाकाप्चासम्म पुगेर बचत गर्ने संस्कृतिको विकास एवम् अनौपचारिक क्षेत्रबाट मात्र भईरहेको आर्थिक कारोवारलाई बैंकिङ्ग प्रणालीमार्फत व्यवस्थित गरी देशको आर्थिक विकासलाई प्रवद्र्धन गर्न यो बैंकको अग्रणी भूमिका रहेको छ ।

अर्थतन्त्र विकासका लागि प्रतिबद्धता

मुलुकको आर्थिक समृद्धिको खातीर सहरी इलाकादेखि दूरदराजका गाउँवस्तीसम्म शाखा कार्यालयहरु विस्तार गरि यस बैंकले आफूलाई समर्पित गरिरहेको छ । बैकिङ्ग सेवा सँगै सरकार र समुदायसँग रहेर कार्य गर्ने सोच अनुरुप बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका थुप्रै समाज सेवाका कार्यहरुमा निरन्तर साथ दिइरहेको छ । प्राकृतिक प्रकोप, माहामारी लगायतका संकटहरुमा अग्रपङ्तीमा रहि बैंकले अतुलनीय भूमिका निर्वाह गरिरहेको छ ।

त्यसैगरी, वित्तीय पहुंचको विस्तार एवं वित्तीय समावेशीकरण मार्फत आर्थिक समृद्धिको आधारशीला निर्माणमा टेवा पु¥याउन देशव्यापी रुपमा वित्तीय ज्ञान एवम् चेतना प्रदान गर्दै विभिन्न साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । देशमा उधोग धन्दा तथा कलकारखाना स्थापनाको लागि सारथी बन्दै प्रत्यक्ष/परोक्ष रोजगारी सिर्जना गर्दै आर्थिक समृद्धिमा सहयोग पुर्याउन यस बैंको भूमिका अत्यन्तै अतुलनिय रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *