फेदीखोला हाइड्रोपावरले १७ करोड ६० लाखको आईपीओ निष्कासन गर्ने

काठमाडाैं । फेदीखोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन मार्फत् १७ करोड ६० लाख साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

उक्त साधारण सेयर निष्कासन गर्नेसम्बन्धी कार्यको लागि कम्पनीले एनएमबी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

अधिकृत तथा जारी पुँजी ८० करोड रहेको उक्त हाइड्रोपावरले जारी पुँजीको २२ प्रतिशत अर्थात् १७ करोड ६० लाख रूपैयाँ बराबरको प्रति अंकित मूल्य १०० रूपैयाँका दरले १७ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरू, सामूहिक लगानी कोष योजनाहरू, कम्पनीमा कार्यरत कर्मचारीहरू तथा सर्वसाधारणमा तोकिए अनुरूप जारी गर्ने कम्पनीले जनाएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा फेदीखोला हाइड्रोपावर कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाश दुलाल तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरे ।

भोजपुर जिल्लाको सापाल्पासिलिछो गाउँपालीका वडा–६ मा बहने फेदी (थुमलुङ्ग) खोलामा निर्माण भैरहेको ४.३ फेदी (थुमलुङ्ग) जलविद्युत आयोजनाको कुल लागत करिब ९४ करोड छ ।

हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको यस आयोजनना २०८२ माघ भित्रमा सम्पन्न गर्ने लक्ष छ ।

प्रबन्धसञ्चालक प्रकाशचन्द्र दुलालले योजना निर्माण तीव्र गतिमा भैरहेको बताए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *