सोमानी सेरामिक्सको ब्राण्ड एम्बेसडरमा पारस खड्का नियुक्त

काठमाडौं । नेपालको उत्कृष्ट टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेडले नेपाल क्रिकेट टिमका पूर्वकप्तान पारस खड्‌कालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा कम्पनीले नेपाल क्रिकेट संघ (क्यान)का सचिवसमेत रहेका उनलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो।

कम्पनीले यो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ।

कार्यक्रममा सोमानी सेरामिक्सका सहअध्यक्ष सुजित मोहन्तीले पारस खड्‌कालाई सोमानी परिवारमा स्वागत गर्न पाउँदा खुसी रहेको बताउँदै उनको लगनशीलता र उत्कृष्टताको यात्राले कम्पनीको नवीनता र नेतृत्वको सिद्धान्तलाई झल्काउने बताए।

उनले भने, ‘नेपाल, लामो समयदेखि हाम्रो सबैभन्दा मूल्यवान् बजारमध्ये एक रहेकाले पारसको विश्वसनीयता र मानिससँगको सम्बन्धले हाम्रो गुणस्तर, डिजाइन र विश्वासको लक्षलाई अझ बलियो बनाउने र साथै उहाँले यो सहकार्य केवल साझेदारी मात्र होइन, अग्रणी व्यक्तित्व र अग्रणी कम्पनीको मिलन हो, जसले सुन्दर भविष्य निर्माणका लागि प्रेरणा दिनेछ।’

यसैगरी सोमानीका मार्केटिङ प्रमुख तथा उपाध्यक्ष अंशुमन चक्रवर्तीले पारस, चर्चित अलराउन्डर र नेपालमा घर-घरमा चिनिएको नाम रहेको बताए। ‘उनी केवल खेलमैदानमा उत्कृष्टता र नेतृत्वका लागि मात्र होइन, आफ्नो इमान्दारी र सकारात्मक प्रभावका लागि पनि सबै पुस्तामा लोकप्रिय छन्, युवादेखि परिवारसम्म सबैमा उनको लोकप्रियता भएकाले उनी सोमानीका गुणस्तर, नवीनता र विश्वासका मूल्यलाई प्रस्तुत गर्नका लागि उत्तम व्यक्तित्व हुनुहुन्छ’, उनले भने।

उनका अनुसार पारस खड्‌का नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको रूपमा रहने र उनले टायल्स, बाथवेयर, एडेशिभ र वाटरप्रुफिङ लगायत सोमानी सेरामिक्सका सम्पूर्ण उत्पादनहरूको ब्राण्ड प्रवर्धनका विभिन्न क्रियाकलापमा सहभागी गराइनेछ।

पारस खड्‌काले यो साझेदारीप्रति उत्साह व्यक्त गर्दै आफूले जीवनमा लिएको मूल्यमान्यता जस्तै उत्कृष्ट र गुणस्तरका लागि निरन्तर प्रयास गर्ने ब्राण्डसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। उनले सोमानी घर सजावटको क्षेत्रमा विश्वसनीयता र प्रिमियम उत्पादनको रूपमा रहेको र आफूले व्यक्तिगत रूपमा पनि कम्पनीको उत्कृष्टताप्रतिको प्रतिबद्धता देखेको बताए।

सोमानी सेरामिक्स लिमिटेड भारतको सेरामिक्स उद्योगका अग्रणी कम्पनीमध्ये एक हो। विश्वका शीर्ष १५ निर्माता कम्पनीमध्ये यो पर्छ। नेपालमा यो नं. १ ब्रान्डको रूपमा स्थापित रहेको कम्पनीले दाबी गरेको छ।

कम्पनीले भित्ते र फ्लोर टायल्स,पोलिस्ट भिट्रिफाइड टायल्स, उलेज्ड टायल्स र स्ल्याब्स, सेनिटरीवेयर, बाथ फिटिङ्स, एडेसिम र ग्राउट्स लगायतका निर्माण सामग्रीहरू कम्पनीले उत्पादन गर्दै आइरहेको छ।

१२ हजारभन्दा बढी रिटेल आउटलेट र पाँच सयभन्दा बढी एक्सक्लुसिभ सोरूमहरू रहेको सोमानी टायल्सको विश्वका ६ महादेशका ८० भन्दा बढी देशमा उत्पादन निर्यात गर्दै आइरहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *