जेनजी आन्दोलनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन्नँ : रमेश लेखक

काठमाडाैं। तत्कालीन गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन अस्वीकार गरेका छन्। बुधबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले घटनाबारे ब्रिफिङ गर्दै आफूले सुरक्षा संयन्त्रलाई कुनै अप्रिय घटना नहोस् भनेर सतर्क राखेको दाबी गरेका हुन्।

‘प्रधानमन्त्री र मन्त्रीले त्यो आदेश दिने विषय पनि होइन, दिनु पनि पर्दैन । मैले क्याजुलिटी नहोस् भनेर २२ गते साँझ पनि मिटिङमा भनेको छु,’ लेखकले बैठकमा भने, ‘दोस्रो दिन बिहान पनि मैले गृहसचिव र दुवै प्रहरीका आईजीपीलाई क्याजुटिली नहोस् है । क्याजुलिटी कुनै पनि हालतमा हुनुहुन्न पटक–पटक भनेको छु । त्यो कुरा नेपाल प्रहरीका महानिरीक्षकले सञ्चारमाध्यममा व्यक्त पनि गर्नुभएको छ ।’

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *