सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र काठमाडौं उपत्यकामा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न गरेको छ ।

भदौ २१ गते इटहरी, कात्तिक १४ गते भैरहवा, कात्तिक २१ गते पोखरा र कात्तिक २२ गते काठमाडौंमा सम्पन्न कार्यक्रममा २५० देखि ३६० जना सम्मको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्देश्य लिडरहरूबीच आत्मविश्वास, प्रेरणा र सहकार्य प्रवर्द्धन गर्दै बिक्री सीपमा नवीकरण गर्नु रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ का ‘ब्रोनज क्लब’ क्वालिफायरहरूलाई सम्मान र ‘हिरो अफ द डे’ बिजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।

कम्पनीले सधैं आफ्नो लिडरहरूमा सकारात्मक ऊर्जा र खुसी फैलाउने विश्वास राख्दै आएको छ । कम्पनीका अनुसार, कडा परिश्रम गर्ने लिडरहरूको सम्मान र पुरस्कृत गर्नु कम्पनीको नीति तथा संस्कृतिको अभिन्न अङ्ग हो ।

निकट भविष्यमा पश्चिम तथा हेटौँडा क्षेत्रका कार्यक्रमहरू पनि सम्पन्न गरिने कम्पनीले जानकारी दिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *