चार घन्टापछि सुचारु भयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ। एयरफिल्ड लाइटिङ सिस्टममा प्राविधिक समस्या आएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब चार घन्टापछि सञ्चालनमा आएको छ।

‘एयरफिल्ड लाइटिङ सिस्टम’ मा प्राविधिक समस्या आएपछि शनिबार साँझ साढे ५ बजेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान र अवतरण बन्द गरिएको थियो। प्राविधिक टोलीले उक्त समस्या समाधान गरेपछि शनिबार बेलुका ९:४० बजेबाट सबै उडान सञ्चालनमा आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको हो।

विमानस्थल बन्द भएपछि त्रिभुवन विमानस्थलमा अवतरण हुन लागेका आन्तरिक र अन्तर्राष्ट्रिय गरी तीनवटा जहाज डाइभर्ट गरिएको थियो। बुद्ध एयरको जनकपुरबाट आएको जहाज जनकपुर नै डाइभर्ट भएको थियो भने बुद्ध एयरकै सुर्खेतबाट आएको जहाज पोखरा डाइभर्ट गरिएको थियो। त्यस्तै, कोरियन एयरको जहाज दिल्ली डाइभर्ट गरिएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *