जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले बताए।

यस्तै, बैठकले विपद् संकटग्रस्त जिल्ला घोषणा इलामका प्रभावित तहहरुलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम पाँच करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको उनले जानकारी दिए।

यस्तै, सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोकेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *