काठमाडौं। नेपाली बजारमा सुनको मूल्य दुई हजार २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९८ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुन चाँदीको मूल्य पछिल्लो तीन दिनदेखि निरन्तर घटेको हो ।
यस दिन चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। बिहीबार चाँदी प्रतितोला पाँच हजार २० रुपैयाँ खरिदबिक्री भएको थियो। चाँदीको मूल्य पछिल्ला दिनमा निरन्तर घटेको छ।
Artha Sanjal






