काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारतको कोलकाताका लागि उडान संख्या बढाएको छ।
बुद्धले यसअघि साताका तीन दिन उडान गरिरहेकोमा अब चार उडान गर्ने भएको हो । नयाँ उडान तालिका अनुसार अब आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुनेछ ।
नयाँ उडान तालिका १५ नोभेम्बरबाट कार्यान्वयनमा ल्याउन लागिएको बुद्धले जनाएको छ ।
Artha Sanjal






