काठमाडौं । मुस्ताङको हिडन भ्याली क्षेत्रमा तीन दिनदेखि फसेका तीन जना बेलायती नागरिकसहित १५ जना पर्यटकको शुक्रबार सकुशल उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गैरसैनिक पथ प्रदर्शकको संयुक्त टोलीले उनीहरूलाई ४ हजार ९०० मिटरको उचाइमा रहेको बतासे डाँडाबाट उद्धार गरेको हो ।
म्याग्दीदेखि धवलागिरी हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरी चक्रीय पदमार्गमा ट्रेकिङ गरिरहेका उनीहरू ११ कात्तिकदेखि हिमपातका कारण फसेका थिए ।
फेला परेका पर्यटकहरूलाई उद्धार टोलीले जोमसोमतर्फ ल्याउने काम भइरहेको नेपाली सेनाले जनाएको छ ।
Artha Sanjal






