म फेरि प्रधानमन्त्री बन्ने सम्भावना बढ्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको जस्तै अवस्था रहिरहे आफू पुन: प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने दाबी गरेका छन् ।

आइतबार सम्पादकहरूसँगको छलफलका क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

‘यस्तै हुँदै गयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्छ । जनताले यो कुरा सहँदैन नि त । यो किन सहने ?,’ ओलीले भनेका छन्, ‘अनि फेरि पनि यो अरूबाट नहुने रहेछ भनेर यस्तो अराजकता चल्छ ? भन्ने कुरा आउँछ ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *