काठमाडौं । हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ । तर, उक्त सूचीमा हमासको कब्जामा परेका भनिएका नेपाली नागरिक विपिन जोशीको नाम भने छैन ।
प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ले सार्वजनिक गरेको सूचीमा केवल इस्रायली नागरिकहरू रहेका छन् ।
बीबीसीकाअनुसार सार्वजनिक गरिएका बन्धकहरूको नाममा बार कुपरस्टाइन, एभ्यातार डेविड, योसेफ-चाइम ओहाना, सेगेव काल्फन, अविनातान ओर, एल्काना बोहबोट, म्याक्सिम हेरकिन, निमरोड कोहेन, माटान झाङाउकर, डेभिड कुनीओ, एइतान होर्न, माटान एन्ग्रेस्ट, एइतान मोर, गाली बर्मन, जिभ बर्मन, ओम्री मिरान, अलोन ओहेल, गाइ गिल्बोआ-डलाल, रोम ब्रास्लाब्स्की, र एरिएल कोनियो रहेका छन् ।
Artha Sanjal






