हिमालयन हाईड्रोपावरको स्थगित साधारणसभा कात्तिकमा गर्ने

काठमाडाैं । हिमालयन हाईड्रोपावर लिमिटेडले स्थगित साधारणसभा कात्तिकमा गर्ने भएको छ । कम्पनीले असोज २४ गतेका लागि तय भएको साधारणसभा अब कात्तिक ९ गते आयोजना गर्ने भएको छ ।

उक्त सभा वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेदेखि सञ्चालन हुनेछ । कम्पनीको १८औं साधारणसभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।

यसैगरी, सञ्चालक समितिको १८औं वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाबसहितको लेखा परीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिसकेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *