वायुसेवा निगममा भएको अनियमितता छानबिन गर्न जेनजीको माग

काठमाडाैं । जेनजी नेपालले नेपाल वायुसेवा निगममा भएको अनियममितता छानबिन गर्न माग गरेको छ । जेनजी समूहले आइतबार नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटेर उक्त माग गरेको हो।

जेनजी समुहका अन्तरिम वार्ता समितिका सहसंयोजक अर्जुन शाहीले निगमका भ्रष्टाचार तथा घोटलाहरुको छानबिन गरी पारदर्शी र जनहितमुखी सेवा प्रवाहको लागि आवश्यक कदम चाल्न ज्ञापनपत्र बुझाएको जानकारी दिए । उनले वाइडबडी र लाउडा एयर घोटालाको छानबिनन गरी दोषी ठहर भएकालाई कारबाही गर्न माग गरेको बताए ।

अदालतबाट दोषी ठहर भएर कार्यन्वयन नभएकाहरुलाई तत्काल कानुनी दायरमा ल्याउन आग्रह गरेको समेत छ । साथै करार कर्मचारीहरू संख्या कटौती गर्नुपर्ने माग राखेको जानकारी दिए ।

निगमले जनताको पहुँच हुने पारदर्शी प्रणाली लागू गरिनुपर्ने, दुर्गम क्षेत्रका लागि सस्तो र सहज हवाई पहुँच सुनिश्चित गरिनुपर्ने जेनजी समूहको माग छ। आफूहरुको माग पूरा नभए सबैले स्वेछिक राजिनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग गरेको शाहीले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *