काठमाडौँ । नेपाल सरकारले इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले इलाम जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
यहि असोज १७ र १८ गते अविरल वर्षाको कारण आएको बाढी पहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको जिल्ला इलामलाई तीन महिनासम्मका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन्।
Artha Sanjal






