काठमाडौं । कुमारी बैंक लिमिटेडले १ हजार ३२२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापकम शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि बैंक समक्ष निवेदन पेश गरेअनुसार बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बैंकले शेयर बिक्रीमा ल्याएको हो ।
शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ ।
Artha Sanjal






