हिमालयन एभरेस्ट इन्स्योरेन्सले सुरु गर्‍यो दाबी भुक्तानी प्रक्रिया

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दाबी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ । जेनजी आन्दोलनका क्रममा भएका क्षतिको दाबी गरेका बीमितलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो ।

विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी प्रक्रिया थालेको हिमालयन एभरेस्ट इन्स्योरेन्सले जनाएको छ ।

बीमा दाबीका लागि आवश्यक कागजात र प्रक्रिया पुर्‍याइ आफूलाई पायक पर्ने शाखामा सम्पर्क गर्न हिमालायन एभरेस्ट इन्स्योरेन्सले अनुरोध समेत गरेको छ ।

दाबी विभागका प्रमुख रोजराज लुइँटेलले बीमासम्बन्धी आवश्यक सेवा र दाबी प्रक्रियामा सहजताका लागि ग्राहकको समन्वयमा रहेर पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । दाबी प्रक्रियाको सहजताका लागि केन्द्रीय र प्रादेशिक कार्यालयमा समेत सम्पर्क गर्न सकिनेछ ।

आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *