काठमाडौं । टाटा मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ नामक विशेष योजना सार्वजनिक गरेको छ ।
यस अन्तर्गत टाटा जेन्युइन पार्ट्सको हरेक खरिदमा ग्यारेन्टीसहित रु. १,००० सम्मको क्यासब्याक कुपन प्राप्त गर्न सकिनेछ । साथै, लक्की ड्रमार्फत विभिन्न पुरस्कार जित्ने अवसर पनि उपलब्ध हुनेछ ।
योजनाअनुसार रु. १ लाखभन्दा बढीको खरिद गर्ने ग्राहकले बम्पर उपहारका रूपमा १५० सिसीको बजाज पल्सर पाउनेछन् ।
त्यस्तै, रु. ७५ हजारभन्दा बढीको खरिदमा १२५ सिसीको टिभिएस स्कुटर, रु. २५ हजारभन्दा बढीको खरिदमा स्मार्ट टिभी र रु. ५ हजारभन्दा बढीको खरिदमा स्मार्टफोन जित्ने अवसर रहनेछ ।
सक्कली पार्ट्सको प्रयोगले गाडीको इन्जिन, ब्रेक, क्लचजस्ता महत्त्वपूर्ण अङ्गलाई दीर्घकालीन संरक्षण मात्र गर्दैन, मर्मत खर्चमा बचत गर्दै गाडीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउने कम्पनीले जनाएकाे छ ।
यो पर्वमा आफ्नो सवारीसाधनको मर्मतलाई उपहार जित्ने अवसरमा बदल्न चाहनेहरुले टाटा जेन्युइन पार्ट्सको मेला तपाईंका लागि उत्तम अवसर हुन सक्ने कम्पनीले जनाएको छ ।






