काठमाडौं । देशका निजी वायुसेवा कम्पनीहरूले बुधबारदेखि सम्पूर्ण आन्तरिक उडानहरू बन्द गरेका छन् ।
दुई दिनदेखि उत्पन्न भएको विषम परिस्थितिका कारण यस्तो निर्णय गरिएको वायुसेवा सञ्चालक संघले जनाएको छ।
संघका अध्यक्ष मनोज कार्कीद्वारा जारी विज्ञप्तिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएपछि मात्र उडानहरू पूर्ववत् सञ्चालन हुने उल्लेख गरिएको छ। ‘विमानस्थल खुल्नासाथ संघका सदस्य वायुसेवा कम्पनीहरूले आफ्ना उडानहरू पूर्ववत् सञ्चालन गर्नेछन्,’ विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण यात्रुहरूलाई सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी समयमा नै विमानस्थल पुग्न सहयोग गरिदिन अनुरोध गर्दछौं।’
वायुसेवा सञ्चालक संघमा बुद्ध एयर, यती एयरलाइन्स, सिम्रिक एयरलाइन्स, तारा एयर, सीता एयर, समिट एयर, एयर डाइनेस्टी, माउन्टेन हेली सर्भिसेस, प्रभु हेलिकप्टर्सलगायतका कम्पनीहरू सदस्य छन्।






