बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडाैं । आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । मंगलबार सुनको मूल्य ३ हजार १ सय रुपैयाँले बढेको छ ।

यससँगै सुनको कारोबार प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य स्थानिय बजारमा कारोबार भएको हालसम्मकै उच्च हो ।

आज चाँदीको मूल्य समेत बढेको छ । चाँदी आज ४० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५१५ रुपैयाँ पुगेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *