काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक बढेको छ। यस दिन सो सेसनमा ३.१० अंक बढेर २७८४.११ विन्दुमा पुगेको छ।
यो सेसनमा १ लाख ४ हजार ८ सय ६५ कित्ता सेयर ४ करोड २२ लाख ६१ हजार ६ सय ८३ रुपैयाँमा किनबेच भएको छ । कारोबारमा आएका १९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ वटाको घटेको छ ।







