काठमाडाैं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तरको ऐतिहासिक उचाई बनाउदै बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार नेपाली बजारमा छापावाला सुन प्रतितोला दुई लाख ६०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन चाँदी तोलामा ६५ रुपैयाँले बढेर दुई हजार ४२५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा दुई हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।







