एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किममा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किम’का इकाइहरु खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ।

यो म्युचुअल फन्डका इकाइ खरिदका लागि गत साउन २९ गतेबाट आवेदन दिने व्यवस्था गरिएको थियो। यस आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल र कोष प्रवर्द्धक एनआईसी एसिया बैंक रहेका यो खुलामुखी योजनाको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइमध्ये बीज पुँजीबापत १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ एनआईसी एसिया बैंकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाइमध्ये प्रथम चरणमा सर्वसाधारणका लागि ५ करोड इकाइको सार्वजनिक निष्कासन गरिएको छ।

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइसम्म खरिद आवेदन दिन पाउनेछन्। इकाइ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *