पाँच सहसचिवको सरुवा

काठमाडौँ । पाँच जना सहसचिवहरूको सरुवा गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मातहत कार्यरत सहसचिवहरूको सरुवा जिम्मेवारी तोकेको हो।

प्रशासन सिंहदरबार ब्युरोलाई प्राप्त विवरण अनुसार विभागका सहसचिव हरि कुमार पोखरेललाई गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा निर्देशकका रूपमा पठाइएको छ।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतका श्यामबहादुर खड्कालाई सहसचिव (उपमहानिर्देशक) का रूपमा सडक विभाग, सम्भार महाशाखामा तोकिएको छ।

यसैगरी, सूर्यविनायक–धुलिखेल सडक आयोजनाका ज्ञानेन्द्र कुमार झालाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सुर्खेतमा पठाइएको छ भने सञ्जय नेपाललाई पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयमा सरुवा गरिएको छ।

विजय कुमार महतोलाई सूर्यविनायक–धुलिखेल सडक आयोजनामा कायम मुकायम प्रमुखको जिम्मेवारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *