काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा पक्राउ परेका रास्वपा बागमती प्रशिक्षण विभागका संयोजक हरिप्रसाद कँडेललाई पार्टीले निलम्बन गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय अनुशासन आयोगका कार्यबाहक प्रमुख रमाकान्त रिमालले कँडेललाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी दिएका छन् ।
‘हाल आएका सूचनाहरूको आधारमा नेपाल सरकारको अद्यावधिक कानून विपरीतका कार्यहरु नक्कली शैक्षिक प्रमाण पत्र छपाईमा संलग्न भनी रूपन्देही जिल्ला प्रहरी कार्यलयबाट प्रकाउ गरिएको सूचना प्राप्त भएको हुँदा सो विषयमा प्रहरीको आवश्यक छानबिन र अनुसन्धानका क्रममा सहजता पुर्याउने उद्देश्यका साथै प्रमाणित भएमा अन्य थप कारबाही समेत हुन सक्ने गरी हाल तपाईँलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराउँदछौं ।’ पत्रमा लेखिएको छ।
चितवनको कालिका नगरपालिका-५ पदमपुरका कँडेललाई रुपन्देही प्रहरीले बुधबार पक्राउ गरेको थियो ।






