भूमि विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौं । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गरेकी हुन् ।

यो विधेयकमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने फरक मत राखेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *