सानिमा बैंक चीन विकास बैंकको एजेन्ट बैंकमा नियुक्त

काठमाडाैं। चीन विकास बैंकले नेपालका लागि सानिमा बैंकलाई एजेन्ट बैंकको रूपमा नियुक्त गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।

यो सम्झौता भारतको नयाँ दिल्लीस्थित इरोस होटलमा सम्पन्न भएको इलेट्स वर्ल्ड एजुकेशन समिट २०२५ मा घोषणा गरिएको हो।

सम्झौताअनुसार, सानिमा बैंकले मनाङ मर्स्याङ्दी हाइड्रोपावर प्रालि (१३५ मेगावाट)–१ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रालि (१२० मेगावाट)–१ लगायतका दुईवटा जलविद्युत् परियोजनाका लागि वित्तीय सहजीकरण र मध्यस्थकर्ताको रूपमा काम गर्नेछ।

सम्झौतामा सानिमा बैंक तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र चीन विकास बैंकको बेइजिङ शाखाकी उपाध्यक्षले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे, चीन विकास बैंकका उच्च अधिकारी तथा प्रमुख लगानीकर्ता कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *