काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष आनन्द राज शर्मा वाग्ले नियुक्त भएका छन् ।
बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वाग्लेलाई शुक्रबार शपथ गराएका छन् । नवनियुक्त बोर्ड सदस्य वाग्लेलाई अन्य बोर्ड सदस्यहरू तथा बोर्डका उच्च पदस्थ कर्मचारीहरूले समेत स्वागत गरेका छन् ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको सदस्यमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका प्रतिनिधि रहने व्यवस्था रहे बमोजिम वाग्ले सदस्यका रूपमा मनोनयन भएका हुन् ।
Artha Sanjal






