फोर्थिङ फ्राइडेद्वारा ग्राहकका लागि पाँच वर्षे विशेष अफर सार्वजनिक

काठमाडाैं । नेपालमा प्रिमियम विद्युतिय साधन (इभी)फोर्थिङ फ्राइडे ले ‘फ्राइडे टु फ्राइडे, २०२५–२०३०’ नामक पाँच वर्षे विशेष अफर सार्वजनिक गरेको छ ।

लक्ष्मी समूहअन्तर्गतको आधिकारिक वितरक लक्ष्मी इमोबिलिटी प्रालि मार्फत उपलब्ध हुने यस अफरअन्तर्गत ग्राहकले ५ वर्षसम्म निशुल्क अटो प्लस इन्सुरेन्स, ६ वर्षसम्म निशुल्क सर्भिस सुविधा तथा प्रत्येक खरिदमा ७ किलोवाट क्षमताको होम चार्जर पाउने कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार दिगो गतिशीलताको प्रवर्द्धन र ग्राहकमैत्री अनुभव प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको हो ।

‘फ्राइडे टु फ्राइडे अफरले इभी स्वामित्वलाई अझै फाइदाजनक र भरोसायोग्य बनाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । फोर्थिङ फ्राइडेले नेपाललाई वातावरणमैत्री, नवप्रवर्तनशील र भविष्य–केन्द्रित गतिशीलता समाधान उपलब्ध गराउने दाबी गरेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *