काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले देशका विभिन्न शाखाका लागि ७० जना कर्मचारी माग गरेको हो ।
माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न शाखाका लागि ७० जना Trainee Junior Assistant पदमा कर्मचारी माग गरेको हो। बैंकले Trainee Junior Assistant पदमा नेपाली नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको छ।
बैंकले अनुसार कोसी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका शाखाहरूमा नियुक्तिका लागि कर्मचारीहरू माग गरेको हो। इच्छुक उम्मेदवारले व्यवस्थापन, व्यवसाय अध्ययन वा व्यवसाय प्रशासनमा स्नातक वा सो सरहको डिग्री प्राप्त गरेको हुनु पर्ने बैंकले जनाएको छ। साथै, उम्मेद्वारले न्यूनतम ५० प्रतिसत अंक प्राप्त गरेको अथवा २.५ सीजीपीएसहित स्नातक उत्तीर्ण गरेको हुनुपर्ने बैंकले सूचनामा उल्लेख गरेको छ।
त्यसैगरी उम्मेदवार कम्प्युटर चलाउन सक्ने, अंग्रेजी र नेपाली भाषामा बोलचाल र लेखनमा सक्षम हुनुपर्नेछ भने उमेर ३० वर्ष ननाघेको हुनुपर्नेछ भने स्थानीय र छिमेकी जिल्लाका उम्मेदवारहरूलाई प्राथमिकता दिइने बैंकले जनाएको छ। बैंकका अनुसार चयन भएका उम्मेदवारहरूलाई तोकिएको प्रदेशमा कार्यस्थल प्रदान गरिए पनि बैंकको आवश्यकताअनुसार देशभरका शाखाहरूमा तोक्न सकिनेछ।
यसका लागि भदौ १८ गते साँझ ५ बजेसम्म मात्र दरखास्त खुला रहनेछ भने इच्छुकले बैंकको आधिकारिक वेबसाइट मार्फत अनलाइन आवेदन दिनुपर्नेछ।







