स्वस्तिक लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ ३ गते) अन्तिम दिन रहेको छ।

संस्थाले दोस्रो चरणमा सर्वसाधारणका लागि साधारण शेयरको सार्वजनिक निष्कासन गरेको हो। पहिलो चरणमा संस्थाले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरी बाँडफाँट गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डले स्वस्थित लघुवित्तलाई जारी पुँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँबराबरको साधारणस शेयर जारी गर्न अनुमति दिएको थियो। पहिलो चरणमा संस्थाले कुल निष्कासन १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल २३ हजार १०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्री गरेको थियो।

यसैगरी कुल २ लाख ३१ हजार कित्तामध्ये ०।५ प्रतिशतले हुन आउने १ हजार १५५ कित्ता शेयर कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागिएको हो।

यो आइपीओ लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखासँगै सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *