नेपाली सेनालाई भारतको ६ वटा स्ट्राइकिङ भेइकल र घोडा उपहार

काठमाडाैं । नेपाली सेनालाई भारत सरकारले ६ वटा स्ट्राइकिङ भेइकल उपहार दिएको छ ।

दुईदिने नेपाल भ्रमाणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्रीले नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल उपहारस्वरुप हस्तान्तरण गरेका हुन् । विदेश सचिव मिश्री नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर ‘लाइट स्ट्राइकिङ भेइकल’ हस्तान्तरण गरेका हुन् ।

साथै ६ वटा सैनिक घोडा र २ वटा सैनिक कुकुरसमेत उनले हस्तान्तरण गरेका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *