शेयर बजारमा सामान्य वृद्धि, ६ अर्ब १७ करोड माथिको कारोबार

काठमाडौं । आज शेयर बजार बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ को विन्दुमा बन्द भएको छ

आज ३२० कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब १७ करोड माथिको शेयर कारोबार भएको छ । आज १७५ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ कबरोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको २० करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १८ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.१० प्रतिशतका दरले कमाएका छन् । अपर साङगे हाइड्रोपावरका लगानीकर्ताले ५.९४ प्रतिशतका दरले कमाएका छन् । अपर लोहरे खोलाका लगानीकर्ताले ५.४३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सम्पदा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.८१ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *