सर्वोत्तम सिमेन्टको नाफा १ अर्बमाथि, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । सर्वोत्तम सिमेन्टको नाफा ६.७ गुणा बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब ४५ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यसै अवधिमा यस्तो नाफा १४ करोड ९३ लाख रुपैयाँ थियो ।

अघिल्लो आर्थिक वर्ष बिक्री आम्दानी ६ अर्ब ३७ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ९ अर्ब ५५ करोडको छ । ४ अर्ब ९५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । जसमा संस्थापक समूहको सेयर हिस्सा ८७.१० प्रतिशत रहेको छ भने सर्वसाधारण समूहको १२.९० प्रतिशत छ ।

वार्षिक प्रतिसेयर आम्दानी २० रुपैयाँ १९ पैसा छ । पहिलो पटक बुक बिल्डिङ पद्दतीबाट यस कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सर्वसाधारणलाई आईपीओ जारी गरेको थियो । हाल यस कम्पनीको सेयर मूल्य ९१५ रुपैयाँ हाराहारी छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ छ भने प्रतिशेयर कुल सम्पत्ति मूल्य ३०१ रुपैयाँ छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *