चाँदी आयातमा सटही सीमा बढ्यो, अब प्रति पटक ५ लाख डलरसम्मको सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा अमेरिकी डलरको सटही सुविधाको सीमा बढाएको छ । केन्द्रीय बैंकले आज (आइतबार) एकीकृत निर्देशन संशोधन गर्दै सो सीमा बढाएको हो ।

अब विनिमय कारोबार गर्ने निकायको सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुंडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर ५ लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने भएको छ ।

यसअघि चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर ३ लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था थियो ।

अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर १ लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

अब वाणिज्य बैंकहरूले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा अघिल्लो सटही अन्तर्गत निर्यात भएको थियो कि थिएन भन्ने अनिवार्य रूपमा यकिन गर्नुपर्नेछ । साथै, व्यवसायीले अन्य बैंकबाट बक्यौता नभएको स्वघोषणा पनि गर्नुपर्ने उल्लेख छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *