प्रभु बैंकका ग्राहक र कर्मचारीलाई जोय स्टोरमा विशेष छुट सुविधा

काठमाडौं । न्युरोड स्थित जोय स्टोर र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरुले आइफोन र रम्याक बुकमा ५/५ प्रतिशत र आइफोन र म्याक बुकका एक्ससरजिहरुमा २० प्रतिशत छुट पाउने भएका छन र क्रेडिट कार्ड होल्डरहरुलाई इन्ट्रापे स्किमबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन । सो छुट सेवासुविधा जोय स्टोर मा प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा जोय स्टोर का तर्फबाट कार्यकारी निर्देशक गुरु दत्त शर्मा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठको संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।

त्यसैगरी,ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *