नेपाल विद्युत प्राधिकरणको नाफा ३७ प्रतिशतले घट्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा करिब साढे एक अर्ब घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ४६ करोड रुपैयाँ नाफा घटेको हो ।

प्राधिकरणले गत आर्थिक वर्ष २०८१ /८२ मा ९ अर्ब ७ करोड बराबर नाफा कमाएको छ । आ.व. २०८१/८२ मा प्राधिकरणको करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ रहेको छ । जुन आ.व. २०८०/८१ को तुलनामा ३७.३२ प्रतिशतले कम रहेको प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

आघिल्लो आव २०८०/ ८१ मा १० अर्ब ५३ करोड नाफा कमाएको थियो । आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणयता निरन्तर नाफामा रहेको छ ।

प्राधिकरणको कुल सम्पत्ति आर्थिक वर्ष २०८०/८१ को दाँजोमा ६.२ प्रतिशतले बृद्धि भइ आ.व. २०८१/८२ मा रु. ६ खर्व ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ।

सरकारी अनुदान, सडक बत्ति अनुदान तथा ट्रङ्कलाइन बक्यौता बाहेक प्राधिकरणको औसत संकलन अवधि ४५.८४ दिन रहेको छ।

आ.व. २०८१/०८२ मा प्राधिकरणले ५ एम्पियर क्षमतासम्मका करिब २० लाख ७३ हजार पाँचसय १४ ग्राहकहरूलाई कुल १७ करोड ६७ लाख ११ हजार युनिट विद्युत निःशुल्क उपलब्ध गराएको छ।

प्राधिकरणको औसत बिक्री दर प्रतियुनिट ९.४४ रुपैयाँ रहेको छ। अनलाइन भुक्तानीमार्फत अघिल्लो आ.व. मा रु.२७ अर्ब ४४ करोड संकलन भएको थियाे। यसमा उल्लेख्य रूपमा बृद्धि भइ समीक्षा आ.व. २०८१/०८२ मा यो रु.३४ अर्ब ३३ करोड पुगेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *