पियोर इनर्जीको खुदनाफा ३ करोड १९ लाख

काठमाडौं । पियोर इनर्जी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले ३ करोड १९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी १ करोड ७५ लाख खुद घाटामा थियो ।

यस अवधिमा कम्पनीको विद्युत् बिक्रीको आम्दानी १९.२३ प्रतिशतले बढेर २५ करोड ९२ लाख पुगेको छ । कम्पनीले १ करोड ५१ लाखको अन्य आम्दानी पनि गरेको छ ।

हालै आईपीओ निष्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी ८० करोड पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४.७० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १००.४८ रुपैयाँ रहेको छ ।

कम्पनीले भदौ २४ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीको सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने आव २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, कम्पनीको लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/०८२ को कम्पनीको वार्षिक वित्तिय विवरण (वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरू) उपर छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आव २०८२/०८३ को लागि लेखापरीक्षण समितिको सिफारिस मुताविक लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पेस हुनेछ। त्यस्तै सञ्चालक समिति गठनको प्रस्ताव पनि सभामा पेस हुनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि भदौ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *