कैदीको मृत्यु भएपछि वीरगञ्जमा प्रदर्शन

काठमाडौं । पर्सा जिल्ला कारागारमा थुनामा रहेका एक कैदीको मृत्यु भएपछि आफन्तजन आन्दोलित बनेका छन्। कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २५ वर्ष जेल सजाय भोगिरहेका २८ वर्षीय राहुल साहको मंगलबार बिहान मृत्यु भएपछि आफन्तहरूले नारायणी उपक्षेत्रीय अस्पतालअगाडि टायर बालेर प्रदर्शन गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रकाअनुसार राहुल मंगलबार बिहान व्यायाम गर्ने क्रममा अचानक बेहोस भएका थिए। उनले भने, “वान्ता गर्दै एक्कासी बेहोस भएका रहेछन्। उपचारका लागि अस्पताल पुर्‍याइए पनि डाक्टरले मृत घोषणा गरे।”

प्रहरीले नारायणी उपक्षेत्रीय अस्पतालमा उनको मृत्यु भएको पुष्टि गरे पनि मृतकका आफन्तले जेल प्रशासनको लापरवाहीले राहुलको ज्यान गएको आरोप लगाएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *