शेयर बजारमा दोहोरो अंकको गिरावट, ६ अर्ब ९१ करोड माथिको कारोबार

काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २६.२२ अंकले घटेर २७९६.२४ को विन्दुमा बन्द भएको छ ।

आज ३२३ कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब ९१ करोड माथिको शेयर कारोबार भएको छ । आज २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो २६ करोड ७७ लाख रुपैयाँ शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी विकास बैंकको २० करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिटि होटलका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.३४ प्रतिशतका दरले कमाएका छन् । हिमालयन बैंक वोन्डका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *