मन्त्री गुप्ताको घुसकाण्डका ‘बिचौलिया’ सुजनलामा एमालेबाट निलम्बित

काठमाडौँ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ‘लिची बगैँचा’ को घुस प्रकरणको अडिओमा बिचौलियाको भूमिकामा रहेका सुजन लामालाई निलम्बन गरेको छ । प्रदेश कमिटीको शनिबार र आइतबार बसेको बैठकले घुस प्रकरणमा मुछिएका सुजनलाई निलम्बन गर्ने निर्णय गरेको प्रदेश कमिटीले जनाएको छ ।

लामाले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएको थियो । त्यसपछि गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

लामालाई सफाई नपाउँदासम्मका लागि निलम्बन गरिएको प्रदेश कमिटीको भनाई छ । लामा प्रदेश कमिटीको सल्लाहकार परिषद् सदस्य थिए । यसअघि प्रदेश कमिटीले उनलाई स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरेको हो । उनीसँगै मुद्दा चलेका प्रदेश विभाग सदस्य के गिरीलाई पनि निलम्बन गरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *